११ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितको प्रदर्शन बालुवाटारतर्फ

 


काठमाडौँ । मिटरब्याज पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् । उनीहरूले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारतर्फ विराेध प्रदर्शन सुरू गरेका हुन् ।

पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन सुरु गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गरेका थिए ।

आज त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आए पनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरुले खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए ।

पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाएर र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment