इलामका सुरेश १६ ग्राम ब्राउन सुगरसहित बिर्तामोडबाट पक्राउ

 १३ चैत्र २०७९, सोमबार 

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना फेरि बिर्ताबजारमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामका एक युवा छन् । प्रहरीका अनुसार आइतबार साँझ ७ः१५ बजे पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय सुरेश लिम्बू रहेका छन् । उनलाई बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित पुण्डरी चौकमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
प्रहरीले लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । यसअघि गत सोमबार मात्र ब्राउन सुगरसहित अर्का एकजना बिर्ताबजारमा पक्राउ परेका थिए । आइतबार पक्राउ परेको लिम्बूलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment