इलाममा भएको T-20 खेलमा इलाम रेड बिजयी


इलाम 4 चैत।  जिल्ला क्रीकेट सङ्घ इलामको आयोजनामा भएको T-20 One Day Bilateral cricket खेलमा इलाम रेड टिम ७ विकेटले बिजयी भएको छ । आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको इलाम ग्रिनले १७.४ ओभरमा १४४ रन बनाउदै अल आउट भएको थियो । इलाम ग्रिनको तर्फबाट दिपेश कुवरले सर्वाधिक ७१ रन र प्रज्वल खत्रीले १७ रनको योग्दान गरेका थिए ।यता बलिङमा इलाम रेडका बिमल भुजेल र सुरेन खत्रीले समान ३/३ विकेट लिदा रुशल थापाले २ विकेट तथा सगुन खत्री र अर्जुन पौडेलले समान १/१ विकेट लिए ।यता १४५ रनको बिजयी लक्ष्य लिइ मैदानमा उत्रीएको इलाम रेड ३ विकेट गुमाउदै १९.१ ओभरमा जित हासिल गरेको थियो। इलाम रेडको तर्फ वाट अर्जुन पौडेलले सर्वाधिक ४५ रन र बिराज तथा दिपेन्द्र मगरले क्रमश २३/१९ रन बनाउन सफल भएका थिए ।यता बलिङ तर्फ इलाम ग्रिनका प्रज्वल खत्री ,सुशान्त सापकोटा र रिकेश खनालले समान १/१ विकेट लिएका थिए। आजको खेलमा २ ओभर बलिङ गर्दै ४ रन दिइ ३ विकेट लिइ म्यान अफ दि म्याच चुनिएका इलाम रेडका विमल भुजेललाई जिल्ला खेलकुद सङ्घ इलामका अध्यक्ष महेश श्रेष्ठले ट्रफि प्रदान गर्नुभयो ।

जिल्ला क्रिकेट सङ्घ इलामले नियमित रुपमा गर्दै आइरहेको घरेलु प्रतियोगिता अन्तर्गत आयोजना भैरहेको बिभिन्न पालिकाका क्रिकेट टिमहरु बिच खेलिने यस्ता खेलले खेलाडिहरुलाइ लयमा राखि रहने, नयानया प्रतिभाहरुको पहिचानमा मदत पुग्ने तथा खेलाडिहरुलाइ म्याच एक्स्पोजरको मौका प्रदान गर्ने अध्यक्ष अर्जुन पौडेलले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment