खोटाङमा एक युवकद्वारा आत्मदाह प्रयास, उपचारका लागि काठमाडौं पठाइयो

४ चैत्र २०७९, शनिबार


खोटाङ । खोटाङमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएर घाइते भएका थिए ।
शुक्रबार राति करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए ।
नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारूङले बताए ।
जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राति नै काठमाडौं पठाएको छ अहिले उनको उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपि पुष्टि हुन बाँकी रहेको प्रहरी बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment