इलामको देउमाईमा पनि देखियो लम्पि स्किन डिजिज, कृषकद्वारा सम्वन्धित निकायसँग उपचार सहयोगको माग


इलाम, १६ चैत्रः  इलामको रोङमा केही महिना अघि महामारीको रुपमा फैलिकएको लम्पि स्किन डिजिज पछिल्लो एक महिना अगाडिबाट देउमाइका विभिन्न ठाउँमा मुख्यातया गाई र गोरुहरुमा देखा परेको छ ।  स्थानिय पशु प्राबिधिकले  लक्षणका आधारमा यो रोगको  उपचार गरिरहेका छन् यो एक प्रकारको संक्रमित सरुवा रोग भनिएको छ।
शुरुमा शरिरको कुनै एक भाग सुनिने , जाडो हुदा रौँ ठाडो परेको जसरी फोका हरु आउने देखिएको छ। त्यसपछी शरीर भरी पानीको थैला जस्तो आउने, गाठो पर्ने हुँदै गएको छ। बिस्तारमा पशुको जिउ नै अररो हुने खुट्टा तथा माशंपेशी हरु अररिने र नबस्ने वा नउठ्ने लक्षण देखिन थालेको छ। ती घाउ हरु तथा सुनिएको ठाउँ र थैला हरु फुटेर निक्कै थङ्ग्थिला देखिने गरेको छ। प्राबिधिकका अनुसार र बिभिन्न माध्यम बाट खोजी गर्दा यो रोगको औषधि हाल सम्म नभएकोर नआएको बुझिएको छ। सरुवा रोग कै रुपमा देखापरेकोले पशु सग सिधै सम्पर्कमा आएपछि वा छोए पछि अर्को गोठ वा सकंमण नभएको पशु वा  गोठ मा जादा साबुन पानीले हात धोएर वा केही निर्मलीकरण गरेर मात्रै जानू ठिक हुन्छ। यदि कसैका गाई वा गोरु मा कतै सुनिएको वा फोका आएको थाहा भएमा तुरुन्त पशु प्राबिधिक सग सम्पर्क गरि नियन्त्रणको उपाय वा उपचार गरिहाल्नु पर्ने देखिन्छ। 
कतिपय पशुहरु अत्यन्तै बिजोक र यता न उता को अबस्थामा समेत रहेका छन। यसबाट पशु पालक कृषक हरुले निक्कै ठूलो क्षती बेहोर्नु परेको छ। यसका बारेमा पशु कार्यालय वा निकायबाट नियन्त्रणको पहल सगै सहयोगको समेत कृषकहरुले अपेक्षा गरेको वताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment