इलाममा अन्डर–१६ क्रिकेटका लागि बन्द प्रशिक्षण हुँदै


इलाम, १६ चैत्रः  यही चैत १७ गते शनिबार देखि इलाम जिल्लाका १६ वर्ष मुनिको उमेर समूहका  खेलाडिहरूका लागि बन्द प्रशिक्षण सुरु हुने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन्  । इलाम जिल्ला भित्र पर्याप्त पूर्वाधार नभएकाले यो प्रशिक्षण झापाको बिबिएम एकाडेमि बिर्तामोडमा आइतबार देखि संचालन हुनेछ । यस दौरान सम्पुर्ण खेलाडिहरूको व्यवस्थापनको जिम्मा जिल्ला क्रिकेट संघले गर्नेछ । यस अन्डर १६ खेलमा सहभागी हुन इच्छुक खेलाडिहरू आइतबार बिहान सम्म प्रशिक्षण स्थलमा उपस्थित भइसक्नु पर्नेछ ।

यता इलाम जिल्लामा क्रिकेट खेल अभ्यास स्थल अभाव भइरहेको कुरालाई मध्यनजर गर्दै इलाम नगरपालिकाले अभ्यास स्थल बनाउन जग्गा उपलब्ध गराउने नगरप्रमुख केदार थापाले घोषणा गर्नुभएको छ । जग्गा प्राप्त गर्नासाथ उक्त क्षेत्रमा प्रशिक्षणका लागि प्राविधिक तयारी थाल्ने जिल्ला क्रिकेट संघ इलामको योजना रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment