इलाममा कारागारबाट थुनुवा फरार


इलाम, १६ चैत्रः कारागारमा कैदी किन राखिन्छ ? उत्तर आउन सक्छ थप फटाई गर्न नपाओस, उसको बानी ब्यवहारमा सुधार होस र फटाई प्रति चेत खुलोस भनेर भन्ने हुन सक्छ । फटाइ गरिसकेपछि पनि बाहिर खुल्ला रुपमा भयो भने चेतावनी पाउँदैन भनेर सुरक्षाको घेराभित्र राखिएको हुन्छ । फटाई गर्नेलाई कारागारमा बाक्लो सुरक्षा घेरा भित्र नै राखेर अनुसन्धान गर्ने गरिन्छ । तर कारागारबाट नै कैदी फरार भए भन्दा आश्चार्य लाग्न सक्छ । 
मादक पदार्थ सेवन सहित तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको एक महिना बित्दा नबित्दै इलाम कारागारबाट एक एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् ।
इलाम कारागार देशकै नमुना सुधारगृह कारागारका रुपमा परिचित छ । तर यहि कारागारबाट थुनुवा फरार आशंका उब्जिएको छ । 
विहीबार साँझ साढे पाँच पछिको समयमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिएको छ । 
गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराएको छ । फरार थुनुवाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार खोजी भइरहेको छ । 
डकैती मुद्धामा कैदी जिवन बिताइ रहेका उनलाई गएको असोज ९ मा पक्राउ परेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment