इलाम चैत्र २६ र २७ गते साहित्य महोत्सव हुने

२०७९ चैत १७ शुक्रबार


इलाम  चैत्र : सदरमुकाममा इलाम साहित्य महोत्सव हुने भएको छ । देश तथा बिदेशका साहित्यकारहरुको जमघट सहित आगामी चैत्र २६ र २७ गते साहित्य महोत्सव हुने भएको हो । 
इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगित प्रतिष्ठान इलामको आयोजनामा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा साहित्यसँगै राजनैतिक ब्यक्तित्वहरुको समेत सहभागिता गराउने आयोजकले बताएको छ । साथै रंगकर्मीहरुको समेत सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो ।
कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव हुने भएको हो । महोत्सवसँगै साहित्यिक चेत समेत बढ्ने बताइएको छ । इलाम बाहिरबाट महोत्सवमा एक सय साठी बढि साहित्यकारहरुलाई निमन्त्रणा गरिएको छ । 
साहित्य चेत भएका मानिसहरुलाई सहभागीताका लागि अनुरोध गरिएको नगर साहित्य कला संगित प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाई छ । महोत्सवमा सात्यिकार, कुलपती भुपाल राई, यस क्षेत्रका सांसद तथा रंगकर्मीहरुको उल्लेख्य उपस्थिती रहने छ । 
साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्धत पुग्ने साहित्य समाजका सल्लाहाकार बिमल बैद्यको भनाइ छ । 
महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ । महोत्सवमा १८ लाख माथी खर्च लाग्ने अनुमान गरिएको छ । 
साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रबद्र्धन गर्दै साहित्यलाई देश बिदेशमा चिनाउने उदेश्यका महोत्सवको आयोजना गर्न लागिएको आयोजक साहित्य समाजका सचिव रोशन राईले बताउनुभयो । 
पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका चर्चित साहित्यकारहरुको उपस्थिती रहने छ । 
महोत्सवमा नेपालका बिभिन्न जिल्ला भारतको झारखण्ड, दार्जिलिङ, कोलकत्ता, सिक्किम, सिलगुडिबाट बिशिष्ट साहित्यकारहरुको उपस्थित रहने इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो । यस महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरु उपेन्द्र सुब्बा, बिजय बराल र करिष्मा मानन्धरको पनि उपस्थिती रहनेछ । महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासि सौन्दर्य चेतना, महाभारा देखि टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समाबेशि लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतना लगायतका बिषयमा छलफल र बहस हुनेछ ।
कोशि प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ? शिर्षकमा पत्रकार बसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदिप ज्ञवाली र घनश्याम भुषाल संग बहस गर्ने कार्यक्रम रहेको छ । इलाम साहित्य महोत्सव हुने

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment