इलाम कारागारबाट फरार भएका कैदी पक्राउ


इलाम, १७ चैत्रः बिहीबार इलाम कारागारबाट डाँका मुद्दाका फरार भएका  कैदी  पक्राउ परेका छन् ।  ३४  वर्षिय साईला भन्ने मनराज राई कारागारबाट फरार भएकोमा ब्यापक रुपमा प्रहरी परीचालन गरी खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमाण्डमा खटिएको बिशेष अनुसन्धान प्रहरी टोलिले शुक्रबार इलाम नगरपालिका ९ र १० स्थित माईखोलाको दोबानबाट पक्राउ गरीएको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी गराए ।
निज फरार रहेका अभियुक्तलाई सम्मानित इलाम जिल्ला अदालत इलामबाट मिति २०७९कार्तिक १५ गतेको फैसलाले ८ बर्ष कैद र ८० हजार जरिवाना तोकी सजाय भोगी रहेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment