इलामको सँखेजुङमा ग्रिन भ्यालीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४१९ जनाको स्वास्थ्य परिक्षण


इलाम, १७ चैत्रः  इलामको सँखेजुङमा ग्रिन भ्याली टि प्रोडसन प्रा.ली.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४१९ जनाको स्वास्थ्य परिक्षण परिक्षण गरिएको छ । शिविरमा आँखाका रोगी, वल्डप्रेसर र मधुमेह (सुगर)का विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । 


झापाको विर्तामोड स्थीत बिर्तामोड आँखा अस्पतालका डाक्टर विनोद दाहालको संयोजकत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा औषधी र आँखाका रोगीका लागि चस्मा पनि निःशुल्क वितरण गरेको चिया कारखानाका सञ्चालक पाण्डप तिम्सीनाले जानकारी दिए । 
सँखेजुङमा भएको शिविरमा स्थानीयहरुको सहभागीता उत्साहजनक रहेको थियो सेवा लिन आएका विमारीहरुले सञ्चालक तथा स्वास्थ्य परिक्षण गर्ने डाक्डरको प्रसंशा गरेका थिए । 


समय समयमा गाउँमा सञ्चालन भएका यस्ता शिविरले गाउँमा भएका सर्वसाधरणहरुलाई फाइदा पुग्ने र रकम अभावका कारण स्वास्थ्य परिक्षण गर्न जान नसक्ने विमारीका लागि राहत मिल्ने समेत सँखेजुङकै टीकाराम दाहालले वताईन । साथै उनले यस्ता सेवमुखी  काम आगमी दिनमा पनि गरिरहन कारखानालाई आग्रह गरीन । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment