झापाको कान्काईमा कारको ठक्करबाट पैदल यात्री सावित्रादेविको मृत्यु

 १८ फाल्गुन २०७९, बिहीबार


झापा। झापाको कान्काई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बा १८ च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएकी पैदल यात्री कनकाई नगरपालिका–३ कि ३६ बर्षीया सावित्रादेवि भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।
ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्यानन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment