इलाम र देउमाई विच शनिबार टि–ट्वान्टी क्रिकेट


इलाम, १० चैत्रः जिल्ला क्रीकेट संघ इलामको आयोजनामा इलामको ठुलो टुडिखेलमा टि–२० क्रीकेट खेल शनिबार (भाेली) आयोजना हुने भएको छ । देउमाई नगरपालिकाको टिम त्रिवेणी युथ क्लब र इलाम नगरपालिकाकाको टिम  बीच हुने उक्त खेल इलामको ठुलो टुडिखेलमा हुन लागेको हो । 
प्रतियोगिता जिल्ला क्रीकेट संघ इलामको नियमित कार्यतालिका अनुसार हुने प्रतियोगिताहरू कै निरन्तरता भएको र भविष्यमा यस्ता घरेलु प्रतियोगिताहरूलाई नियमित सञ्चालन गर्ने इलाम जिल्ला क्रीकेट संघका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो । 
यस्ता प्रतियोगिताहरू खेलाडीको खेल मनोविज्ञानमा टेवा पुर्‍याउन, खेल कौशल निखार्न र नयाँ प्रतिभा पहिचान अनि नयाँ खेलाडी उत्पादनमा कोशेढुङ्गा सावित हुने पौडेलले दाबी गरे । 
त्रिवेणी युथ क्लबको सक्रियतामा यस अघि नै इलाम क्रीकेट संघद्वारा प्रदान गरिएको अभ्यास नेट अहिले देउमाई नगरपालिकामा प्रयोग भइरहेको र त्यसले नियमित अभ्यासमा सहयोग मिलेको क्लबका एक खेलाडीले बताए । 
सम्पुर्ण खेल प्रेमि महानुभावलाई खेलको आनन्द उठाउनका लागि इलाम क्रीकेट टिम हार्दिक सादर निमन्त्रणा गर्दछ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment