इलाम, १० चैत्रः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजनामा इलामको ठुलो टुडिखेलमा आयोजित टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देउमाई नगर पालिकाको त्रिवेणी युथ क्लब विजयी भएको छ ।
देउमाईले इलाम नगरपालिका टिमलाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको इलाम नगरपालिका १५.२ ओभरमा सवै विकेट गुमाउँदै ७६ रनको झिनो स्कोरमा समेटिएको थियो । देउमाइ नगरपालिकाको त्रीबेणि युथ क्लबका बलर सुरेन खत्रीको घातक बलिङ सामु इलाम नगरपालिकाको इलाम ग्रीन टिम निरिह देखियो ।ब्याटिङ्मा इलाम नगरपालिकाका खेलाडि प्रज्वल खत्री १४, दिपेश कुंवर १९ , तथा साहिल घिसिङले ११ रनको योग्दान गरेका थिए । बलिङ तर्फ देउमाइ नगरपालिकका सुरेन खत्रीले ४ विकेट, सगुन खत्री र अनिल मण्डलले समान २÷२ विकेट लिदा योगिन दहाल र स्वति मण्डलले १÷१ विकेट हात पारे।
७७ रनको झिनो लक्ष्य लिइ मैदानमा उत्रीएको देउमाइ नगरपालिकाले ११.३ ओभरमा ४ विकेट गुमाएर सहत जित हासिल गर्न सफल भयो । देउमाइका ब्याटरद्वय प्रज्वल प्रधान र सुरेन खत्रीले नट आउट क्रमश ३३ र १५ रन बटुल्दै आफ्नो टिमलाइ जित दिलाए । आजको खेलमा बलिङमा २.२ ओभरमा ५ रन दिइ ४ विकेट लिएका र ब्याटिङमा समेत नटआउट १५ रन बनाएका देउमाइका सुरेन खत्री म्यान अफ दि म्याच चुनिए । उनलाई जिल्ला क्रिकेट सङ्घ इलामका अध्यक्ष अर्जुन पौडेलले ट्रफि प्रदान गर्नुभयो ।
जिल्ला क्रिकेट सङ्घ इलामले नियमित रुपमा गर्दै आइरहेको घरेलु प्रतियोगिता अन्तर्गत आयोजना भैरहेको बिभिन्न पालिकाका क्रिकेट टिमहरु बिच खेलिने यस्ता खेलले खेलाडिहरुलाइ लयमा राखि रहने, नयांनयां प्रतिभाहरुको पहिचानमा मदत पुग्ने तथा खेलाडिहरुलाइ म्याच एक्स्पोजरको मौका प्रदान गर्ने साथसाथै आन्तरिक पर्यटन प्रवर्दनमा समेत मद्त पुग्ने अध्यक्ष अर्जुन पौडेलले बताउनु भयो । वहांले पाहुना टिमका कप्तान योगिन दहाललाइ मायाको चिनो प्रदान गर्नुभयो ।
0 comments:
Post a Comment