इलाम, ४ चैत्रः करिब तीनसय बढी गीतमा काम गरिसकेका इलामेली कलाकार डेनी निरौलाको स्वर तथा संगीतमा नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो तयार गरिएको छ ।
सर्जक गीता बजगाईंको शब्दमा निरौलाले स्वर र संगीत दिएका हुन् । गोदावरीमा छायांकन गरिएको भिडियोमा फरिता खड्का, करण खतिवडा र डेनी स्वयंले पनि अभिनय गरेका छन् ।
भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् भने निर्देशन गम्भीर बिष्टले गरेका हुन् । गीत साउण्ड डिजाइनको स्टुडियोमा रेकर्ड गरिएको निरौलाले बताए । त्यसमा मिक्सिङ र रेकर्डिङ भोला पौडेलले गरेका छन् भने मनोहर सुनामको एरेन्ज छ ।
डेनी संगीत प्रशिक्षक पनि हुन । ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा उनको सरु संगीत घर नामक संगीत पाठशाला पनि संचालनमा छ ।
0 comments:
Post a Comment