प्रथम पालिका स्तरिय : इलाम नगरपालिकाको बिजयी सुरुवात

 


इलाम । इलाम जिल्ला प्रथम पालिका स्तरिय खुल्ला नकाउट फुटबल प्रतियोगितामा इलाम नगरपालिकाले बिजयी सुरुवात गरेको छ । नेपालटार माविको खेलमैदानमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर गाउँपालिकालाई ३–० ले हराउँदै इलामले क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा १–० ले अग्रता बनाएको इलामले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो ।

इलामले सेमीफाइनल प्रवेशका लागि चैत्र ७ गते चुलाचुली गाउँपालिकाको सामना गर्दैछ । प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र माईजोगमाई गाउँपालिका प्रतिस्पर्धा गर्नेछन् । साखेजुङ खेलकुद विकास समितिको आयोजनामा चैत्र १० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा इलाममा ९ पालिका र आयोजक गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्धघाटन इलाम नगर प्रमुख केदार थापाले गरे । साखेजुङ खेलकुद विकास समितिका अध्यक्ष निमतेन्जी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत कार्यक्रमको विशेष अतिथि रहेका थिए ।

बस्नेत प्रतियोगिताको पहिलो पुस्कारदाता समेत हुन् । उनले आफ्नो बुबाको स्मृतिका पुरस्कार रकम प्रायोजना गरेका थिए । कार्यक्रममा वडाध्यक्ष गायत्रीराम बस्नेतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन टेकेन्द्र बस्नेत र हेम बहादुर कटुवालले गरेका थिए ।

उद्धघाटनमा स्थानीय बिबि मेमोरियल बोर्डिङ, ग्रिनहिल एकेडेमी र नेपालटार माविका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment