इलामको माईखोलामा डुबेर बालिकाको मृत्यु


इलाम 3 चैत।  इलामको माईखोलामा पौड़ी खेल्ने क्रममा इलामकी १४ बर्षीय प्रतिक्षा मगरको ज्यान गएको छ । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । राजदूवाली देखी ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । डुबेको खबर पाएपछि खोलामा पूगेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ग़हिरो दहबाट बालिकाको शव निकालेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment