इलाम नगरपालिका ९मा किसान समूहलाई मिनि पावर टिलर वितरण


इलाम, ३ चैत्रः  कृषिमा आधुनिकिकरण गरी व्यवसायिक वनाउने उद्देश्यले इलाम नगर पालिका वडा ९ का विभिन्न ६ कृषक समूहलाई हाते ट्याक्टर वितरण गरीएको छ । शुक्रबार आयोजित कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्का र वडाध्यक्ष गोपाल चौहानले हस्तान्तरण गर्नुभयो ।
हाते ट्याक्टरको मर्मत सम्भार गरी संचालन गर्न सजिलो होस भनेर समूह मार्फत ट्याक्टर वितरण गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । ट्याक्टर खरिद गर्नका लागि कृषि कार्यक्रम अन्तर्गत वडाले पाँच लाख बजेट छुट्याएको थियो । यस्तै जम्मा १३ लाख कृषि कार्यक्रम अन्तर्गत वडाभित्रका विभिन्न २० किसानलाई गाइपालनमा गाइ खरिद गर्न वडाले सहयोग गरेको छ । 
किसानको ५० प्रतिशत लगानीमा गाइपालनमा सहयोग गरिएको हो । वडाबासीलाई मकैको विउ र विभिन्न महँगो तरकारी बालीका बीउ शत प्रतिशत अनुदानमा वितरण गरिएको चौहानले जानकारी दिनुभयो । कार्यक्रममा किसानहरुले वडाको सहयोगले बाली विस्तारमा थप सहयोग पुगेको धारणा राखेका थिए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment