इलामको रोङ गाउपालिकाका प्रधानाध्यापकहरुमा राजिनामाको लहर चलेको छ। स्थानीय तहको दोश्रो कार्यकालको दश महिना पुग्दा रोङ गाउपालिका भित्र रहेका नौ वटा माध्यामिक बिद्यालयहरु मध्ये ६ बटा विद्यालयका प्रधानाध्यापकहरु परिवर्तन भएका छन। परिवर्तन हुनेहरुमा गाउपालिकाको नमुना बिद्यालय देखी प्रस्ताबित माध्यामिक बिद्यालयहरु समेतकाप्रधानाध्यापकहरु रहेका छन।
यसरी परिवर्तन हुदा केहीमा सामान्य प्रकिया अन्र्तगत भएपनि कतिपयले स्थानिय सरकारको प्रभाव र कार्यशैली लगायतको कारणहरु रहेको वताउने गरेका छन।
रोङ गाउपालिका वडा नं २ मा रहेको दुबै माध्यामिक बिद्यालयमा प्रधानाध्यपकहरु परिवर्तन भएका छन। वडाका शान्तिपूर माध्यामिक विद्यालयका प्रधानाध्यपक प्रेमलाल काकीले राजिनामा दिएर महेन्द्र पोखरेल प्रधानाध्याप भएका छन् भने शशि माध्यामिक बिद्यालयका प्रधानाध्यपक ठाकुर भट्टराइको स्थानमा गणेश पौडेल प्रधानाध्याप बनेका छन । यसैगरि वडा नं ३ मा रहेको शान्ति निकेतन नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले राजिनामा दिएपछि भूपाल खड्का प्रधानाध्यापक बनेका छन।
गाउपालिकाको वडा नं ५मा रहेको उमा महेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकको स्थानमा दिनेश योल्मु प्रधानाध्यापक बनेका छन् । वडा नम्क्बर ६को कुवापानी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमराज राइ सेवा निवृत्त भएपछि सन्तोष अधिकारी प्रधानाध्यपक बनेका छन् तर वडा नं ६कै सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यपक गोबिन्द पौडेलले दिएको राजिनामा स्वीकृत भएपनि अहिले सम्म प्रधानाध्यापक चयन नहुदा उक्त बिद्यालय प्रधानाध्यापक बिहिन अवस्थामा रहेको छ।
पौडेलले दिएको राजिनामा व्यवस्थापन समितिले स्वीकृत गरेपनि नया प्रधानाध्यापक बन्न बिद्यालयका कुनै शिक्षकहरुले स्वीकार नगरेको कारण शुन्यताको अवस्था आएको हो। ब्यवस्थापन समितिले प्रधानाध्यापक छान्न नसकेपछि गाउपालिकालाइ छान्न अनुरोध गदै ब्यवस्थापन समितिका सबै पदाधिकारी रोङ गाउपालिका पुगेर गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो उपाध्यक्ष बिष्णुमाया खवास , प्रमुख प्रसासकिय अधिकारी दिपेन्द्र दहाल, शिक्षाशाखा प्रमुख श्रुतीकुमारी तामाङ्गसग छलफल गरेको थियो।
भेलामा राजिनामा दिएका प्रधानाध्याप गोबिन्द पौडेलले रोङ गाउपालिकाको शिक्षा समितिले सामुदायिक बिद्यालयलाइ धरासायी बनाउदै निजी बिद्यालयलाइ प्रोत्सान गर्नुको कारण स्पस्ट पारिदिन र शिक्षामा स्थानिय सरकारले ब्यपारीकरणलाइ बन्द गराइ गरिव र निमुखाको लागि शिक्षामा पहुच बिस्तारको लागि सुझाव दिदै प्रधानाध्यापको परिचय पत्र समेत पालिकालाइ नै बुझाइ दिएको बताए। यता सोहि बिद्यालयका सबै शिक्षक र कर्मचारीहरुले प्रधानाध्यपक पोडेलको हालमा कुनै बिकल्प नरहेको जनाउदै समस्या समाधानको लागि उहालाइनै प्रधानाध्यपक नियुक्तिको लागि प्रमुख प्रशाशकिय अधिकारी र शिक्षा शाखा प्रमुखलाइ ज्ञापन पत्र समेत पेश गरेका छन।
यता रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले निजी बिद्यालयले सरकारलाइ कर तिर्ने भएकोले बिस्तार गर्दा कुनै फरक नपर्ने बताए । गाउपालिकामा भएको भेलावाट कुनै निकाश नआएपछि बिद्यालयलाइ पत्र लेखी नियमानुसार ब्यवस्थापन समितिबाट छनौट गरि पठाउन पत्र लेखेको छ ।
हालसम्म परिवर्तन भएका प्रअहरु मध्ये शान्तिपुर माबि र कुवापानी माबि बाहेकमा राजनैतिक हस्तााक्षेप र गाउपालिकाको असहयोगको कारण रहेको राजिनामा दिएका प्रधानाध्यपकको भनाइ रहेको छ । शिक्षा क्षेत्रमा तत्काल नतिजा खोज्ने शिक्षक तथा कर्मचारीहरुलाइ समयमा तलव नदिने तल्लो स्तरका गर्ने अनावश्यक कामहरु लगाउने छनौट परीक्षामा हस्ताक्षेप गर्ने जस्ता जनप्रतिनिधिको कृयाकलापबाट रोङ शिक्षकरुको मनोवल खच्कदै गएको र अन्य प्रधानाध्यापकहरु पनि राजिनामाको मनस्थितिमा रहेको बताएका छन ।
0 comments:
Post a Comment