इलाम पालिका कपको खेल तालिका सर्वजनिक, १० टीमको सहभागिता


इलाम, २८ फाल्गुनः इलाम नगरपालिका १ साँखेजुङमा चैत्र ३ गते देखि पालिका स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । वडा खेलकुद विकास समितिको आयोजानामा नेपालटार माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको लागि इलामका १० वटा टीमले सभागिता जनाएका छन् । प्रचियोगितामा इलामका दश पालिका मध्ये माङसेवुङ गाउँपालिका वाहेक अन्य ९ वटा पालिकाले सहभागिता जनाएका छन् भने एउटा टीम आयोजकको रहेको छ । 

खेलको विकास तथा पर्यटन प्रवर्धनमा मद्दत गर्नको लागि खेल आयोजना गरिएको समितिका अध्यक्ष निमतेन्जी शेर्पाले वताए । 

प्रतियोगिताको विजेताले नगद दुई लाख र ट्रफि, मेडल, प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद एकलाख तथा ट्रफि, मेडल, प्रमाण पत्र पाउने प्रचारप्रार समितिका संयोजक टेकेन्द्र वस्नेतले जानकारी गराए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment