![]() |
फायल फाेटाेः इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका विचकाे खेल |
इलाम, ७ चैत्रः इलाम नगरपालिका १ साँखेजुङको नेपालटार माध्यामिक विद्यालयको खेल मैदानमा भई रहएको पालिका स्तरीय कपमा आज हुने दोस्रो सेमिफाइनल खेल हेलिवोथ फुटबल क्लब र देउमाई नगरपालिकाको युनइटेड युथ क्लब विचहुने छ । यस अघिनै पहिलो सेमिफाइनल खेलमा इलाम नगरपालिकाले माई नगरपालिकालाई १–०ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का बनाई सकेको छ । आजको विजेताले उपाधिको लागि इलाम नगरापलिकासंग प्रतिस्प्रधा गर्ने छ ।
प्रतियोगितामा इलामका ९ पालिका र हेलिवोथ फुटबल क्लव गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार साँखेजुङ निवासी स्वर्गिय वुवा कृष्ण वहादुर वस्नेतको नाममा उहाँका छोराहरु विनोद वस्नेत, राजु वस्नेत र विपिन वस्नेलले आफ्नो बुबाको स्मृतिमा पुरस्कार रकम प्रायोजना गरेका हुन ।
त्यसै गरी दोस्रो र तेस्रो पुरस्कारको रकममा इलाम साखेजुङ दोहा कतार समाजका मन कुमार राई, सुवास गुरुङ, चेतराम दाहाल र सुनिल गुरुङले सहयोग गरेका छन भने ट्रफी मेडल तथा प्रमाणपत्रमा स्वर्गिय वुवा गंगा वहादुर वस्नेतको र स्वर्गिय आमा मिना देवी (तुलसा) वस्नेत नाममा रमेश वस्नेतवाट सहयोग भएको आयोजकले जानकारी गराएको छ ।
साखेजुङ खेलकुद विकास समितिको आयोजनामा चैत्र १० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।
0 comments:
Post a Comment