तिब्बती शरणार्थीबाट पाँच लाख रुपैयाँ लिएर नेपाली नागरिकता बनाइदिने पाँच जना पक्राउ

८ चैत्र २०७९, बुधबार


काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत ५ गते उनीहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।
उनीहरुले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।
गिरोहले तिबब्बी शरणार्थीलाई नेपाली नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment