झापामा वोलेराेकाे ठक्करबाट पैदल यात्री चन्द्र बहादुरकाे मृत्यु

 ८ चैत्र २०७९, बुधबार 


कमल । सवारी दुर्घटनामा एक जना व्याक्तिको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा–४ सितापुरीमा मंगलवार राती सवा दश बजे भएको सवारी दुर्घटनामापरी एक जना पुरुषको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे.१ ज १९४२ नम्वरको वोलेरोले ठक्कर दिई घाईते भएका झापा कमल गाउपालिका वडा नम्वर. ५ निवासी वर्ष ४० का चन्द्र बहादुर राई रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।
मृतकको शवलाई पोष्र्टमार्टमकालागी दमक अस्पतालको शव गृहमा राखिएको छ भने ठक्कर दिने गाडि सो गाडीका चालक ईलाम नगरपालिका २ निवासी बर्ष ३२ का पेम्बा तामाङलाई नियन्त्रणमा लिएर थप अनुशन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकमा पठाईएको चौकीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment