प्रधानमन्त्री थ्री नेसन्स कप : नेपालले लाओसलाई २–० ले हरायो


काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई हराएको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २–० ले हराउँदै विजयी भएको हो ।

नेपालका तर्फबाट अनन्त तामाङ र नवयुग श्रेष्ठले एक, एक गोल गर्दै नेपाललाई विजयी बनाउन सफल भए । खेलको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्तले गोल गरेका थिए भने दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुगले पुनः गोल गरे ।

नेपालले मंगलबार भुटानसँगै भिड्दैछ । त्यसअघि शनिबारको खेलमा लाओस र भुटानबीच प्रतिस्पर्धा हुनेछ । तीन टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १७ मा साँझ साढे ५ बजे हुनेछ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment