इलाम पालिका कपः उपाधिका लागि इलाम नगरपालिका र हेलिवोथ भिड्दै


इलाम, ९ चैत्रः इलाम नगरपालिका १ साँखेजुङको नेपालटार माध्यामिक विद्यालयको खेल मैदानमा भई रहएको पालिका स्तरीय कपमा इलाम नगरपालिका र हेलिवोथ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् । 
बुधबार भएको दोस्रो सेमिफाइनल खेल हेलिवोथ फुटबल क्लबले देउमाई नगरपालिकाको युनइटेड युथ क्लबलाई ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  छ ।  यस अघिनै  पहिलो सेमिफाइनल खेलमा इलाम नगरपालिकाले माई नगरपालिकालाई १–०ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । शुक्रबार उपाधिका लागि   इलाम नगरपालिका र हेलिवोथ फुटबल क्लब विचमको खेल हुने छ । 
प्रतियोगितामा इलामका ९ पालिका र हेलिवोथ फुटबल क्लव गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार साँखेजुङ निवासी स्वर्गिय वुवा कृष्ण वहादुर वस्नेतको नाममा उहाँका छोराहरु विनोद वस्नेत, राजु वस्नेत र विपिन वस्नेलले  आफ्नो बुबाको स्मृतिमा पुरस्कार रकम प्रायोजना गरेका हुन । 
त्यसै गरी दोस्रो र तेस्रो पुरस्कारको रकममा इलाम साखेजुङ दोहा कतार समाजका मन कुमार राई, सुवास गुरुङ, चेतराम दाहाल र सुनिल गुरुङले सहयोग गरेका छन भने ट्रफी मेडल तथा प्रमाणपत्रमा स्वर्गिय वुवा गंगा वहादुर वस्नेतको र  स्वर्गिय आमा मिना देवी (तुलसा) वस्नेत नाममा रमेश वस्नेतवाट सहयोग भएको आयोजकले जानकारी गराएको छ । 
साखेजुङ खेलकुद विकास समितिको आयोजनामा चैत्र १० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment