इलाम, २८ फाल्गुनः इलाम नगरपालिका १ साँखेजुङमा चैत्र ३ गते देखि पालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद विकास समितिको आयोजानामा नेपालटार माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको लागि इलामका १० पालिकाका टीम दर्ता गर्न शुरु गरिसकिएको छ ।
खेलको विकास तथा पर्यटन प्रवर्धनमा मद्दत गर्नको लागि खेल आयोजना गरिएको समितिका अध्यक्ष निमतेन्जी शेर्पाले वताए ।
प्रतियोगिताको विजेताले नगद दुई लाख र ट्रफि, मेडल, प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद एकलाख तथा ट्रफि, मेडल, प्रमाण पत्र पाउने प्रचारप्रार समितिका संयोजक टेकेन्द्र वस्नेतले जानकारी गराए ।
0 comments:
Post a Comment