इलामकाे फाकफोकथुममा भिरबाट लडेर बृद्धको मृत्यु


इलामः फाकफोकथुम गाउँपालिका– १ तमाखे नजिकैको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । पाँचथर फाल्गुनन्द ५ नम्बर वडास्थित गौडेनी निवासी ७० वर्षीय अकलसिं नेम्बाङ भिरबाट लडेर मृत्यु भएको फाक्तेप प्रहरी चौकीका इन्चार्ज सोमनाथ ढुंगानाले जानकारी दिए ।
तीन दिन अघिदेखि हराएका मृतक नेम्बाङ शुक्रबार दिउँसो ३ बजे खोजतलास गर्ने क्रममा घुर्बिसे पञ्चमीबाट मजुवा जाने बाटो छेउको भिरबाट करीब एक सय मिटर तल खसेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारमा एक्लो रहेका उनी केही वर्ष अघिदेखि तमाखेमा नाताले बहिनी ज्वाँई पर्ने आफन्तको घरमा बसेर सडक छेउमा गिट्टी कुट्ने काम गर्दै आएको उनका भतिजा दिलकुमार नेम्बाङले बताए ।
शवलाई पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय रवि पाँचथर लाने तयारी गरिएको आमचोक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पदम लिम्बुले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment