गुडिरहेको सुमो जिपमा लाग्यो आगो, जिप जलेर नष्ट


ओखलढुंगा । सडकमा गुडिरहेको गाडीमा अचानक आगलगी हुँदा गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । काठमाडौंबाट चालकसहित ९ जना यात्रु बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमो जीपमा आज (शुक्रबार) दिउँसो करिब २ बजेतिर मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा आगलागी भएको हो । सडकमा गुडिरहेको अवस्थामा इन्जिन अत्याधिक रुपमा तातिएर वायरिङको तार सट् हुँदा आगलागी भएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार आगलागीको संकेत पाउने बित्तिकै जीपमा सवार यात्रु र उनीहरुको सामान निकालिएकोे हुनाले मानविय क्षति भने भएको छैन ।

गाडीमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको भएपनि गाडी पूर्ण रुपमा जलेको बताइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment