इलामको जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डमा लगातार तेस्रो पटक सर्वोत्कृष्ट

 


इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न १३ औ राष्ट्रपति रनिङ शिल्डमा इलामको जुविलेन्ट इलाइट एकाडेमीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ । इलाम नगरपालिकाबाट प्रतिनिधित्व गरेको जुविलेन्टले लगातार तीन पटक सर्वोत्कृष्ट भएको हो । प्रतियोगितामा कुल १४ स्वर्ण पदक जितेको हो । पालिका तर्फबाट पनि इलाम नगरपालिका प्रथम भएको हो ।

उसुको ६ वटै विधामा जुविलेन्टले स्वर्ण जितेको छ । तेक्वान्दोमा ६ मध्ये ४ स्वर्ण जितेको छ । त्यसैगरी एथ्लेटिक्समा ४ स्वर्ण जितेको छ । ४ सय मिटर, २ सय मिटर, ८ सय र ४ सय गुणा १ सय रिले दौडमा १ स्वर्ण जितेको छ । जुविलेन्ट राष्ट्रपति रनिङ शिल्डको डिफेन्डिङ च्याम्पियन समेत हो ।

जुविलेन्टले ११ औ र १२ औ संस्करणको प्रतियोगिताको उपाधि समेत जितेको थियो । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले जुविलेन्टका प्रिन्सिपल भुषन्त सुब्बालाई बिजेता शिल्ड प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment