राष्ट्रपति पौडेलको आजको कार्यक्रम : पशुपति दर्शनदेखि विपी बिपी संग्रहालय अवलोकनसम्म

 


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज विभिन्न राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

राष्ट्रपतिमा निर्वाचति भएको भोलिपल्टै उनले सभामुख देवराज घिमिरेलाई भेट्ने तालिका बनाएका छन् ।

उनले सभामुखसँग अहिले बिहान ८ बजे भेट्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख आजै बहराइन जाँदैछन् । आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६औँ बैठकमा भाग लिन बहराइन जानु अघि नै राष्ट्रपतिले उनीसँग भेट्न लागेका हुन् ।

सभामुखसँगको भेटपछि राष्ट्रपति पौडेलले पशुपतिको दर्शन गर्ने कार्यतालिका रहेको छ । तालिका अनुसार बिहान ९ बजे उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका हुन् ।

उक्त दर्शन गरिसकेपछि राष्ट्रपति पौडेल ११ बजे सुन्दरीजल पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।

बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालय बनाइएको छ ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेलको यो पहिलो दिको कार्यक्रम हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment