सकियो राष्ट्रपतिको मतदान, ४ बजेदेखि मतगणना सुरु

२५ फाल्गुन २०७९, बिहीबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएको छ । आजै अपराह्न ४ बजेपछि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मतगणनाका लागि आयोगले राष्ट्रपतिको उमेदवारका प्रतिनिधिहरुसँग छलफल गरेर ४ बजेबाटा मतगणना गर्ने सहमति भएको छ । मतपेटिका खोल्दा पत्रकारहरूको उपस्थिति पनि रहनेगरी सहमति गरिएको हो ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदर र प्रदेश सभाका सदस्यहरु सहभागी थिए । संघीय संसद र प्रदेश सभाको मतभार अलग–अलग हुने भएकाले मतगणना पनि अलग–अलग नै हुने आयोगले जनाएको छ ।
मतगणना आजै सकिने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment