इलाम पालिका कपः आजबाट सेमिफाइनलका खेल शुरु, इलाम र माई नगरपालिका भिड्दै


इलाम, इलाम नगरपालिका १ साँखेजुङको नेपालटार माध्यामिक विद्यालयको खेल मैदानमा भई रहएको पालिका स्तरीय कपमा आजबाट सेमिफाइनलका खेलहरु सुरु हेने छन् । पहिलो सेमिफाइनल खेल इलाम नगरपालिका र माइनगर पालिका भिड्ने छन् । 
सोमबार भएको पहिलो खेल युनाइटेड युथ क्लव देउमाइ नगरपालिकाले  माइजोगमाइ गाँउपालिकालाई ४–१ ले पराजित गरेको थियो भने देस्रो खेलमा इलाम नगरपालिकाले चुलाचुलि गाउँपालिकालाई २–१ ले पराजित गरेको थियो । 
प्रतियोगितामा इलामका ९ पालिका र आयोजक गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार साँखेजुङ निवासी स्वर्गिय वुवा कृष्ण वहादुर वस्नेतको नाममा उहाँका छोराहरु विनोद वस्नेत, राजु वस्नेत र विपिन वस्नेलले  आफ्नो बुबाको स्मृतिमा पुरस्कार रकम प्रायोजना गरेका हुन । 
साखेजुङ खेलकुद विकास समितिको आयोजनामा चैत्र १० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment