इलामको पर्यटकीय क्षेत्र तुम्लिङ्गमा दुई दिवसिय पर्यटन प्रवद्र्धन कार्यक्रम


इलाम । चैत्र । नेपाल भारत पर्यटन भेटघाट र सीमापार पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सोमबार देखि पुर्वी इलामको तुम्लिङमा दुइ दिने कंचनजंगा दिगो पर्यटन फोरम २०२३ आयोजना हुदैछ । नेपाल पर्यटन वोर्ड, माइजोगमाई गाउँपालिका, नमो बुद्ध समाज, पर्यटन र संरक्षणका लागि परिसंघ को संयुक्त आयोजनामा उक्त पर्यटन महोत्सव आयोजना गरिएको पर्यटनविज्ञ राम रिमालले बताए । 
हिमालयन साँस्कृतिक नृत्य अन्तर्गत याक नृत्य , गुरुड. सास्कृतिक नृत्य, तुम्लिड. हुदै कंचनजंगा बेसक्याम्प दक्षिण तर्फको पैदल मार्गको प्रस्तुती फोरममा आयोजना गरिएको छ । महोत्सवमा नेपाल भारतको सीमा क्षेत्रका समुदाय र सरोकारवालाहरुबीच पर्यटन र सरक्षणका सम्भावनाहरुबारे समेत छलफल आयोजना गरिएको छ । यस्तै नेपाली परिकार र साँस्कृतिक प्रदर्शनी गरिने छ ।
सीमा क्षेत्रमा रहेको पैदलमार्गको व्यवस्थापन र फोहोरमैला व्यवस्थापन बारे फोरममा चर्चा हुने भएको छ । फोरमको संयोजन नमोबुद्ध समाजकी केशरी गुरुड.ले गर्नेछिन् ।
नेपाल भारतको सीमाना तुम्लिड. चर्चित पर्यटकीय क्षेत्र हो । तुम्लिड. पुर्वी नेपालको इलाम जिल्ला माइजोगमाई गाउँपलिका वडा २ मा पर्दछ । यो क्षेत्रमा भारतबाट सन्दकपुर हुँदै कञ्चन्जंगा बेस क्याम्प सम्म जाने हजारौं पर्यटकहरु आउने गर्दछन् । भारततर्फ सिंहलिला नेशनल पार्क भएकाले नेपालतर्फ आवादी इलाका पर्दछ । यो क्षेत्र रेडपाण्डा लगायतका दुर्लभ वन्यजन्तु पाइने क्षेत्र हो । यस क्षेत्रमा मानेभञ्ज्याड.देखि ल्याण्डरोभर गाडिमा सन्दकपुर फालुट, कालपोखरी, जौबारी जाने पर्यटकहरु पनि आउँछन् । यहाँ होटल र लजहरु पर्याप्त रहेका छन् ।
तुम्लिड.बाट सुर्योदय र कंचनजंगा हिम श्रृखला , नेपाल, भारत र भुटान सम्म देख्न सकिन्छ । रमणीय तुम्लिड. दुइ हजार नौ सय ७० मीटर उचाईमा रहेको छ । यस क्षेत्रको भ्रमणका लागि नेपालबाट आन्तरीक पर्यटकहरु समेत आउन थालेका छन् । मेची राजमार्गको फिक्कलबाट नयाँबजार, जौबारी हुदै कच्ची सडकबाट तुम्लिड. पुग्न सकिन्छ । यस्तै पशुपतिनगर मानेभञ्ज्याड. हुदै सीमाक्षेत्रको चित्रे मेघ्मा हुदै पनि तुम्लिड. पुग्न सकिन्छ । तुम्लिङ क्षेत्रमा मेघ्मा, जौवारी, चित्रे गुम्बा लगायतका क्षेत्र पर्दछन् ।
फोरममा भाग लिनका लागिका पर्यटनबीज्ञ राज बसु लगायत पश्चिम बंगालका पर्यटन व्यवसायि, पर्यटनकर्मी पत्रकारहरुको सहभागिता रहने भएको छ । यस्तै इलामका संघीय सांसद महेश वस्नेत, जिल्लाका पालिका प्रमुखहरुको समेत सहभागिता रहने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment