युएईमाथि नेपालको सानदार जित, यूएई १७७ रनले पराजित

२८ फाल्गुन २०७९, आईतवार


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा युएई नेपालसँग पराजित भएको छ । आइतबार कीर्तिपुरमा भएको खेलमा युएई नेपालसँग १७७ रनले पराजित भएको हो ।
पहिले टस जितेर ब्याटिङ गरेको नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको थियो। यूएईसँगको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।
अब नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते विश्वकप छनोटमा पुग्नेछ । र, नेपालले त्यो संभावना पनि कायम राखेको छ ।
जारी शृखंलामा लगातार दोस्रो जितपछि ३६ अ.क बटुल्दै नेपालले अमेरिकालाई पनि पछि पारेको छ । सात राष्ट्र सहभागी लिग टू मा नेपालले चौथो स्थान ओगट्न सफल भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment