पदक बिजेता खेलाडीलाई सरस्वती माविको सम्मान


फागुन २८ रोङ जिल्लास्तरिय १३औँ राष्ट्रपति कप प्रतियोगितामा सहभागि भई पदक बिजेता बिद्यार्थी  खेलाडिलाई आइतबार बिद्यालयले सम्मान गरेको छ ।               खेलसबन्धि भौतिक पुर्वाधार नाजुक रहेतापनि गाउपालिका स्तरिय छनौट प्रतियोगितामा  छात्रा हाईजम्पमा प्रथम भई हालै फाकफोकथुममा भएको प्रतियोगितामा  रजत पदक बिजेता छात्रा जुनु राईलाई  उनि अध्ययनरत बिद्यालय सरस्वती  माध्यमिक विद्यालय रोङ ६ ले प्रशंसापत्र र मायाको चिनो स्वरुप टिसट दिएर सम्मान गरेको हो ।
बिद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष प्रेम साङपाङ राईको अध्यक्षतामा  भएको सम्मान कार्क्रममा खेलाडि छात्रा जुनु राईको आमालाई समेत सम्मान गरिएको थियो । खेलको माध्यामबाट पनि भबिष्यमा केहि गर्न सकिने र बिद्यार्थीहरुलाई यस्ता कृयाकलापप्रति प्रेरित गर्न खेलाडीबिद्यार्थिलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment