जग्गा सम्बन्धी विवाद हुँदा गोली हानाहान, १ जनाको मृत्यु


रौतहट । रौतहटको गढीमाई नगरपालिकामा दुई समूहबीच झडप हुँदा गोली चलेको छ । जग्गासम्बन्धी विवादलाई लिएर भएको झडपमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गढीमाई नगरपालिका– ८ धोबिनियामा उक्त घटना भएको हो । रौतहट प्रहरीका अनुसार झडपमा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो । अवैधा हतियारबाट उक्त गोली चलेको हो भने गोली चलाउने मान्छेको पहिचान हुन सकेको छैन ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment