इलाम, २ बैशाखः इलामको ठूलो टुँडिखेलमा सञ्चालन भइरहेको मिनि मेलामा भिडमा किचिएर १२ जना घाइते भएका छन् ।
नयाँ वर्षको अवसरमा गायक प्रमोद खरेलको प्रस्तुति हेर्न भेला भएका दर्शकहरु गेडबाट प्रवेश गर्ने क्रममा भिड अन्यन्त्रीत्र भए पछि भिडले किचेर इलाम नगरपालिका ७ का २१ वर्षिया प्रभा भट्टराई, २३ वर्षिया प्रजिया भट्टराई, लिला देवी दर्नाल, देउमाई नगरपालिका ६ की २९ वर्षिय अञ्जु राई, देउमाई नगरपालिका १ की २२ वर्षिय सरुला राई र सूर्योदय नगरपालिका १४ वस्ने २० वर्षिय कुमारी लिम्वुलाई इलाम अस्पतालमा उपचार हुन नसके पछि झापामा उपचार भई रहेको छ उनिहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
अन्य ६ जना घाईतेहरुमा २ जना समान्य रहेको र ४ जना इलाम अस्पतालमा उपचार भईरहेको छ । इलाम अस्पतालमा उपचाररतमा सूर्योदय १४ का २३ वर्षिय मिलन लिम्बु, देउमाई नगरपालिका २ कि २३ वर्षिय प्रविणा राई, माईजोगमाई गाउँपालिका ४ की २२ वर्षिय पुजा तामाङ र इलाम नगरपालिका ९ की १८ वर्षिय जेनिसा चौहान रहेका छन् ।

0 comments:
Post a Comment