शुक्रबार, १ बैशाख,
इलाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठले इलाम–माइपोखरी म्याराथुन जितेका छन् । ४२.२ किलोमिटर दुरी उनले २ घन्टा ५८ मिनेट १६ सेकेन्डमा पार गरी अरू सहभागीलाई पछि पारे ।
विजेता बनेसँगै श्रेष्ठले नगद अढाई लाख पुरस्कार पाएका छन् । पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो बने । उनले ३ घन्टा ५ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरे । उनले डेढ लाख नगद पाएका छन् । आर्मीकै बेद सुनुवार तेस्रो बने । सुनुवारले ३ घन्टा ५ मिनेट ३५ सेकेन्डमा दुरी पार गरे। उनले १ लाख नगद पुरस्कार पाए । पुरुषतर्फ ९७ धावक सहभागी भए ।
२१.१ किलोमिटरको महिला म्याराथुन नेपाल पुलिसकी रापुरा पछाईले जितिन्। उनले निर्धारित दूरी १ घन्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गरिन् । विजेता बनेसँगै उनले नगद १ लाख पुरस्कार हात पारिन् । पछाईले यसअघि बंगलादेशमा आयोजित बंगबन्धु म्याराथुनमा रजत जितेकी थिइन् । महिलातर्फ सशस्त्र प्रहरीको एपिएफकी पुष्पा भण्डारी दोस्रो भइन् । १ घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरी उनले नगद ५० हजार पुरस्कार पाइन् । आर्मीकी पूर्णलक्ष्मी नेउपाने १ घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गरी तेस्रो भइन्। उनले नगद ३५ हजार हात पारिन् । महिलातर्फ २७ धावक सहभागी थिए ।
पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको थियो ।

0 comments:
Post a Comment