इलामका तीन पत्रकार पुरस्कृत


इलाम, १ बैशाखः नयाँ वर्षको दिन इलामका तीन पत्रकार पुरस्कृत  भएका छन । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार र क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट तीन जना पुरस्कृत हुने भएका हुन ।  हरेक वर्ष बैशाख एक गते वितरण हुँदै आएको आशिष स्मृति पत्रकारीता पुरस्कारबाट टीका खतिवडा र र महिलाहरुलाई पत्रकारितामा आकर्षित गर्ने उदेश्यले स्थापना भएको क्रियाशिल महिला पत्रकारिता पुरस्कार २०७८बाट सविता पण्डे र  क्रियाशिल महिला पत्रकारिता पुरस्कार २०७९बाट सुजता सुनुवारलाई आज इलाममा एक कार्यक्रम विच पुरस्कृत गरिएको हो ।  
‘आशिष स्मृति पत्रकारिता पुरस्कार टीका खतिवडालाई
‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार टीका खतिवडा पुरस्कृत  भएका छन ।  पूर्वका चार जिल्लाकार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील तथा उत्कृष्ट पत्रकारलाई प्रदान गरिने पूरस्कारबाट यस वर्ष खतिवडा पुरस्कृत हुने भएका हुन । प्रत्येक वर्ष बैसाख १ गते प्रदान गरिदै आएको उक्त पुरस्कार एक कार्यक्रम विच नेपाल पत्रकार महासंघ इलाम शाखाले वितरण गरेको हो ।


खतिवडा इलामबाट प्रकाशित भएको सन्दकपर दैनिक, चियाबारी दैनिक, फिक्कल एफएम हुँदै हाल माउन्टेन टेलिभिजन, कारोवार दैनिक, सुत्रधार अनलाइन, राष्ट्रिय समाचार समिति लगायतका मिडियामा आवद्ध छन् । 
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो ।  सन्दकपुर गाउँपालिकाकोे सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं,  तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी पुरस्कृत भैसकेका छन । त्यस्तै  पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भैसकेका हुन ।
क्रियाशिल महिला पत्रकारिता पुरस्कार सविता र सुजतालाई



नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको क्रियाशिल महिला पत्रकारिता पुरस्कार दुईजनालाई वितरण गरिएको हो । २०७८ बाट सविता पाण्डे र २०७९ बाट सुजता सुनुवार पुरस्कृत भएका हुन ।  पत्रकार महासंघको स्थापनाको दिन वितरण गर्ने गरी स्थापना भएको उक्त पुरस्कार यस वर्ष ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ सँगै वितरण हुने भएको हो । पाण्डे नेपालवाणी एफएम, निगरानि डटकम र रेडियो नेपालमा आवद्ध छिन भने सुनुवार इलाम एफएम, नेपाल वाणी एफएम, इलाम पोष्ट हुँदै हाल उज्यालो अनलाइनको डेक्समा रहेर काम गरिरहेकि छिन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment