इलाममा तीन दिनसम्म सञ्चालन हुने आँखा शिविरको पहिलो दिन ५४ जनाको शल्यक्रिया


इलाम, २१ चैत्रः इलाममा नेपाल नेत्र ज्याती संघ जिल्ला शाखाको आयोजनामा शुक्रबारबाट सञ्चालन भई रहेको आँखा शिविरमा पहिलो दिन ५४ जना मोतियाविन्दुका रोगीहरुको शल्यक्रिया गरिएको छ । त्यस्तै ३०० जना भन्दा वढी आँखाका रोगिहरुको आँखा जाँच गरिएको छ । 
शिविर चैत्र २४,२५ र २६ गतेसम्म इलाम नगरपालिका ७ स्थित कोभिड अस्पतालको भवनमा सञ्चालन हुने छ । 
विराटनगर आँखा अस्पताल रानीका विषेशज्ञ डाक्टरहरुको टोलीले मोतिया विन्दुको शल्याक्रिया सहिताको अन्य सेवा निःशुल्क प्रदान गर्ने संघका सचिव विष्णु कार्कीले जानकारी गराए ।
नेपाल नेत्रज्यती संघले इलामको इलाम अस्पताल, देउमाईको मंगलबारे बजार सूर्योदयको फिक्कलमा आँखा उपचार केन्द्र सञ्चालन भई रहेका छन् भने इलामको माई नगरपालिकामा उपचार केन्द्र सञ्चालनमा आउन लागेको छ । त्यस्तै सूर्योदय नगरपालिकामा आँखा अस्पताल सञ्चालन गर्ने तयारी समेत रहेको अध्यक्ष इन्द्र फुएलले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment