इलामको रोङमा माछा पालक कृषकलाई तालिम

  • गोबिन्द पौडेल 

रोङ २५ चैत्रः इलामको रोङ गाउँपालिकामा माछा पालक किसानहरुको लागि दुईदिने तालिम शनिबार सम्पन्न भएको छ । तालिममा माछा पालनमा किसानले बिभिन्न रोगहरुको पहिचान र निदानको लागि किसानहरुलाई प्रशिक्षित गराईने उदेश्यले पहिलो दिन थ्योरिकल प्रयोगात्मक रुपमा गरिएको हो ।
कोशीप्रदेश सरकार पशुपक्षि तथा मत्छ्य बिकाश निर्देशनालयको रोङ गाउपालिकाको सहकार्यमा भएको तालिममा रोङ गाउलिकाका पन्ध्र जना माछा पालक किसानहरुको सहभागिता रहेको थियो ।
तालिमलाई मत्छ्य बिकाश निदेशनालय कोशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भोटिया, नेल्सन पोखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएको थियो ।


तालिममा सहभागि किसानहरुलाई उपचार सामाग्रिहरु चुन,नुन,थर्ममिटर लगायतको सामाग्रि समेत बितरण गरिएको थियो ।कोशी प्रदेशभरी यस्ता तालिमका कार्यक्रम  माग भएको आधारमा पन्ध पालिहरुमा सञ्चालन हुने अधिकृत भोटियाले बताए । तालिम अत्यान्तै ज्ञान बर्धक र उपयोगि रहेको रोङ ६ का किसान चन्द्र प्रधानले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment