विदेशी सुपारी बजारमा, नेपालकै सुपारीले भाउ पाएन

२५ चैत्र २०७९, शनिबार


झापा । झापा, मोरङ र सुनसरी जिल्ला सुपारी उत्पादन हुने प्रमुख क्षेत्र हुन् । यसका साथै दक्षिणी इलाममा पनि सुपारी खेती हुने गरेको छ ।
नेपालमा वाषिर्क १० हजार ५ सय मेट्रिक टन भन्दा बढी सुपारी उत्पादन हुने सुपारी खेती विकास संस्थाको तथ्यांक छ । तर, सुपारी टिप्ने सिजन सकिन लाग्दाँ समेत गत वर्षभन्दा कम मूल्य पाएको किसानको गुनासो छ ।
झापा-मोरङ सुनसरी सुपारीका लागि उर्वर भूमि हो । तथ्यांक अनुसार नेपालभरी उत्पादन हुने सुपारीको करिब ८० प्रतिशत झापामै फल्छ । यो जिल्लामा मात्रै वार्षिक करिब १० हजार मेट्रिक टन सुपारी फल्ने गरेको छ । त्यस्तै सुपारीको सिजनमा सयौंको संख्यामा स्थानीयले सुपारी टिप्ने, काट्ने, सुकाउने लगायतका कार्यमा रोजगारी समेत गरिरहेका छन् ।


बोटबाट टिपेको काँचो सुपारी गतवर्षसम्म प्रतिकिलो ७०/८० रुपैयाँमा आउँथ्यो। अहिले भाऊ घटेको छ । सुकेको सुपारीको मूल्य प्रतिकिलो ३९० देखि ४२० रुपैयाँसम्म पर्छ। व्यवसायिक सुपारी खेती गर्दै आएका किसानहरू अहिले भाउ नपाएर खेती नै मास्ने अवस्थामा छन् । भने कति सुपारी नबिकेर चिन्तीत छन् ।
व्यवसायिक सुपारी खेती गर्दै आएका किसान र स्थानीय व्यवसायीहरु अहिलेको अवस्था सृर्जना हुनुको मुख्य कारण विदेशी सुपारी आयत नै रहेको बताउँछन् । जबसम्म विदेशी सुपारी आवश्यकता भन्दा बढी नेपाल ल्याइन्छ तबसम्म यो समस्या अझ बढ्दै जाने उनीहरुको भनाई छ ।
नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झण्डै १ सय रुपैयाँ बढी छ । भारतमा सुपारीको माग अत्यधिक छ । भारतले तेस्रो देशबाट सुपारी आयात गर्दा बढी भन्सार तिर्नुपर्छ। तर, नेपालबाट आयात गर्दा धेरै नै सस्तो पर्छ।
नेपालमा सुपारीको मूल्य पनि सस्तो देखाउन पाइने र भन्सार दर पनि कम भएकाले भारतीय व्यापारीहरू थाइल्याण्ड, मलेसिया, इण्डोेनेसिया आदि मुलुकबाट आफ्नो देशमा भित्र्याइने सुपारी कोलकाता बन्दरगाहबाट सिधै झापा-मोरङतिर ल्याउँछन् र नेपालमै फलेको फर्जी कागजात बनाएर विराटनगरको बाटो हुँदै भारत लैजाने गरेको जानकारहरु बताउँछन् । त्यस्तै पूर्वि सीमा कांकरभीट्टामा तस्करीमा संमलग्नले गोदाम नै भण्डारण गरेर सुपारी राख्दै आएका छन् ।
सुपारीको यस्तो धन्दामा झापा-मोरङतिरका नेपाली व्यापारी, सरकारी कर्मचारी र प्रहरी हाकिमहरूको सेटिङ मिलाइने र तस्करी धन्दा चल्ने गरेको बेलाबखत चर्चा समेत हुने गर्दछ ।
भारतले तेस्रो मुलुकबाट सुपारी आयात गर्न रोक लगाएको छ। त्यसैले भारतमा बिक्री गर्नको लागि नेपाली व्यापारीहरु सुपारीमा आकर्षित हुने गरेका छन्। तर, त्यसको प्रत्यक्ष असर नेपालमा नै उत्पादन भएका स्थानीय सुपारीमा पर्ने गरेको छ । यसतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment