इलाममा भाइको हत्या, दाजु गम्भीर घाइते — ससुरालीमा झगडापछि धारिलो हतियार प्रहार गर्ने पक्राउ

२०८२ साउन २ | स्थान: इलाम


इलामको सुर्योदय नगरपालिका–१ मा भएको पारिवारिक विवाद ज्यानमारा घटनामा परिणत भएपछि फरार अभियुक्त किरण शेर्पा पक्राउ परेका छन्।
जिल्ला इलाम माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईको धारिलो हतियार (छुरा) प्रहारबाट ज्यान गएको र उनका दाजु ३२ वर्षीय निरोज चापागाई गम्भीर घाइते भएको घटनामा संलग्न रहेका सुर्योदय नगरपालिका–१ निवासी ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
घटना २०८२ साल असार ३२ गते राति करिब ९:५० बजे ससुराली घर आएका निरोज चापागाई र उनका भाइ प्रकाश चापागाईसंग  सुरु भएको विवादले झगडाको रुप लिएको थियो। झगडाका क्रममा शेर्पाले छुरा प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भयो भने निरोज गम्भीर घाइते भई हाल झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत छन्।
घटनापछि फरार रहेका अभियुक्त शेर्पालाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र मानेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १ गते राति भारत–नेपाल सीमास्थित मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत इलाममा पेश गरी साउन १ गतेदेखि १० दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ।

---
© माईपोखरी न्यूज
स्थानीय समाचार, सत्य र स्रोतसहित
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment