रोङ" ब्रान्डका उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म: स्थानीय पहिचान र स्वरोजगारको सशक्त उदाहरण

🟡 गोविन्द पौडेल | Maipokhari News, ३ साउन – इलाम, रोङ


इलामको रोङ गाउँपालिकाले स्थानीय स्रोतसाधन र कृषकको श्रमलाई आधार बनाएर सुरु गरेको "रोङ" ब्रान्ड आज देश–विदेशसम्म फैलिँदै गएको छ। गाउँपालिकाले उत्पादनमुखी दृष्टिकोण लिँदै सिस्नुको धुलो, बेसार, करेलाको सुकुटी, मह, अचार, पानी लगायतका वस्तुहरूलाई प्रशोधन र प्याकेजिङ गरेर ब्रान्डिङ गर्दै आएको छ।
विदेशमा रहेका नेपालीहरू समेत "रोङ" ब्रान्डका उत्पादन देखेपछि रोङ गाउँको बारेमा जान्न इच्छुक भएको बताउँछन्। कुवेतमा रहेकी मुना पौडेल भन्छिन्, "विदेशमा 'रोङ बेसार' र 'रोङ करेला' जस्ता सामग्री देख्दा साथीहरूले सोध्न थाले, यो 'रोङ' कहाँ हो?"
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो भन्छन्, "स्थानीय उत्पादनको प्रशोधन र ब्रान्डिङले यहाँ स्वरोजगार सिर्जना भएको छ। कृषिमा आधारित पर्यटन र आर्थिक गतिशीलता पनि बढेको छ।"
"रोङ" उत्पादनहरूमा उल्लेख छ कि लाभको एक अंश सामाजिक विकासमा खर्च गरिन्छ, जसले सहभागितामूलक विकासको संकेत दिन्छ।
बजारमा पाइने उत्पादनहरू:
रोङ सिस्नु पाउडर
रोङ बेसार (हल्दी)
तिते करेलाको सुकुटी
मह र अचार ( अन्य थप सामाग्रीहरू)

रोङ गाउँपालिकाको यो पहलकदमीले देखाएको छ कि साना कृषि उपजहरूमार्फत पनि ठूला सम्भावना विकास गर्न सकिन्छ। उचित नीति, तालिम, सहयाेग र बजार पहुँचले यहाँका उत्पादनहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment