इलाम, २१ चैत्रः इलाममा नेपाल नेत्र ज्याती संघ जिल्ला शाखाको आयोजनामा आँखा शिविर हुने भएको छ । चैत्र २४,२५ र २६ गते इलाम नगरपालिका ७ स्थित कोभिड अस्पतालको भवनमा सञ्चालन हुने छ । अहिले इलाम नगरपालिका भित्र रहेका विभिन्न ठाउँमा मोतिया विन्दु र अन्य आँखाका रोगीको छनौट शिविर सञ्चालन भई रहेको छ । छनौट शिविर यही विहीबार सम्म सञ्चालन हुने छ ।
विराटनगर आँखा अस्पताल रानीका विषेशज्ञ डाक्टरहरुको टोलीले मोतिया विन्दुको शल्याक्रिया सहिताको अन्य सेवा निःशुल्क प्रदान गर्ने संघका सचिव विष्णु कार्कीले जानकारी गराए ।
नेपाल नेत्रज्यती संघले इलामको इलाम अस्पताल, देउमाईको मंगलबारे बजार सूर्योदयको फिक्कलमा आँखा उपचार केन्द्र सञ्चालन भई रहेका छन् भने इलामको माई नगरपालिकामा उपचार केन्द्र सञ्चालनमा आउन लागेको छ । त्यस्तै सूर्योदय नगरपालिकामा आँखा अस्पताल सञ्चालन गर्ने तयारी समेत रहेको अध्यक्ष इन्द्र फुएलले जानकारी गराए ।
0 comments:
Post a Comment