लागूऔषधसहित इलामका मुकेश सहित चार जना पक्राउ

 २२ चैत्र २०७९, बुधबार

बिराटनगर ।  मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागूऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ मा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका दमक–४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुल सहित पक्राउ गरेको छ ।
यसैगरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषधी ट्रामाडोल एक हजार तीन सय ८० क्याप्सुल र स्पास्पेइन एक हजार ८ सय चक्की सहित र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–३ का ३२ बर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो ।
त्यस्तै इलामको चुलाचुली गाउँपालिका–४ का २१ बर्षीय मुकेश लिम्बूलाई प्रतिबन्धित लागूऔषधी एक सय ३२ चक्की सहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment