इलाम, २२ चैत्रः इलामको माङसेवुङमा वडा कार्यालय आगजनी गरी कार्यालय रहेको सामना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका ३ वस्ने ३९ वर्षका आशिष भन्ने हस्त बहादुर लिम्बु रहेका छन् ।
चैत्र ९ गते राती माङसेबुङ गाँउपालिका व५ भालुटार स्थितमा रहेको वडा कार्यालय भवनमा अज्ञात ब्यक्तिले आगो लगाई कार्यालयमा रहेको सामान समेत चोरी भएको थियो ।
पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुशन्धान गर्ने क्रममा उक्त घटना घटाएको कुरा स्वीकार गरेको रआगजनी गरी उक्त वडा कार्यालयबाटचोरी गरी लगेको कम्प्युटर मनिटर थान १, स्क्यानर थान १,राउटर थान १,माउस थान १ र किबोर्ड थान१ सामानहरु समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय इलामबाट आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी गराए ।
0 comments:
Post a Comment