सिक्किममा हिमपहिरोमा परि ३ नेपालीसहित ७ को मृत्यु, १३ घाइतेमध्ये ३ नेपाली (विवरणसहित)

२२ चैत्र २०७९, बुधबार


काठमाडौं । सिक्किमको गान्तोक–नाथुला जेएनएम सडकमा परेको हिमपहिरोमा मंगलबार ३ नेपालीसहित ७ जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा नेपालका चितवनस्थित शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेका छन् ।
त्यस्तै अन्य १३ जना घाइते भएको डिस्ट्रिक कलेक्टोर गान्तोकले जनाएको छ ।
घाइते हुनेमा पनि ३ जना नेपाली नै रहेका छन् । जसमा गीता सापकोटा, ज्योती गुरुङ र रमेश खनाल रहेका छन् । उनीहरुको हाल उपचार भइरहेको छ।
अन्य ज्यान गुमाउनेहरुमा ४ जना र घाइतेहरु भने भारतीय नागरिक रहेको बताइएको छ ।


यस्तो छ विवरण
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment