२१ चैत्र २०७९, मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । काम विशेषले राजधानी आएका मेयर साम्पाङले मेयर बालेनसँग मंगलबार उनकै कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुवैले एकले अर्कालाई ‘सिलाम साक्मा’ लगाइदिए । मेयर साम्पाङ र मेयर बालेन दुवैको यो पहिलो भेट हो । पहिलो भेटवार्ता गर्दा आफूहरु खुसी भएको पनि उनीहरुले भनेका छन् ।
मेयर बालेनले भेटपश्चात् लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझै, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस ।’ यस्तै, मेयर साम्पाङले पनि लेखेका छन्, ‘आज मेयर बालेनज्यु सँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’

0 comments:
Post a Comment