जन्मजिल्ला तेह्रथुम जाँदै गरेका एमाले अध्यक्ष ओलीलाई इलामस्थित सडकमै रुख ढालेर अवरोध

१४ बैशाख २०८०, बिहीबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित सडक विरोध प्रदर्शन आज पनि जारी भएको छ ।
बुधबार एक कार्यक्रमका लागि झापा पुगेका उनीविरुद्द सडकै प्रदर्शन तथा कालो झण्डा देखाएर विरोध प्रदर्शन भएको थियो ।
झापास्थित बुधबारेको कार्यक्रममा सहभागी हुन जाने क्रममा सडकमै कालो झण्डा देखाएर ओलीविरुद्द नारा लगाइएको थियो ।
आज इलाम पुगेका ओलीलाई सवारी आवगमन नै रोकिनेगरी सडकमा रुख ढालेर विरोध प्रदशन भइरहेको हो । आफ्नो जन्मजिल्ला तेह्रथुमको आठराईमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्न शुक्रबार त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।
सो क्रममा त्यसतर्फ जाँदै गर्दा इलाम माइखोलास्थित मेची राजमार्गमा चिलाउनेको रुख ढालेर अध्यक्ष ओलीको सवार गाडि अवरोध गरिएको हो ।
उक्त भिडियो सामाजिक संजालमा भाइरल समेत भएको छ । ओली आज बिहान इलाम हुँदै पाँचथर पुग्ने कार्यक्रम छ । प्रदेश – १ को नाम कोशी राखिएपछि पहिचानवादी पक्षधरहरुले त्यसको विरोध गरिरहेका हुन् । एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेश १ को नाम गत फागुनमा कोशी नामाकरण गरेको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment