इलामको सूर्योदयमा घडेरी खार्ने क्रममा ढिस्कोले पुरीएर मृत्यु हुने ४ जना नै भारतिय नागरिक


इलाम । इलामकाे सुर्योदय नगरपालिका १० फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर ४ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ। अपराह्न ४:४५ बजेकाे समयमा घरको जग खन्दै गर्दा ढिस्काे झरेर पुरिएका ४ जनाकै मृत्यु भएको हाे ।

मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्ताेष राईका अनुसार मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, ताेसिब आलम, माेहम्मद अब्दुल आलम र बर्ष १९ काे मैजफर आलम रहेका छन् ।

स्थानीय बिनाेद श्रेष्ठकाे घरकाे जग खन्ने क्रममा पहिराे खस्दा उनीहरू पुरिएका थिए । जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जाेगाएका थिए । मृतकहरूलाई फिक्कल अस्पतालमा राखिएकाे  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment